शनिबार, बैशाख ८, २०८१

नव निर्वाचित पदाधिकारी सम्मानीत

काठमाडौं बैशाख ३ , टेलिभिजनबाट प्रशारण हुने सूर्योदय क्वीजको ग्राण्ड फिनालेका अवसरमा आज बिर्तामोडमा नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रममा झापा क्षेत्र नम्बर २ का सांसद् सुधिरकुमार शिवाकोटी, टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, सहायक जिल्ला शिक्षा अधिकारी युवराज पाण्डे 2[1]लगायतले नवनिर्वा्चित पदाधिकारीलाई अभिनन्दन पत्रसहित सम्मानीत गरिएको हो ।

कार्यक्रममा शाखा अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एकराज गिरी, उपाध्यक्ष भीमा शिवाकोटी, सचिव सन्तोष आचार्य, सहसचिव केशव भट्टराई, कोषाध्यक्ष इश्वर अधिकारी, लगायत अन्य पदाधिकारीले संयुक्त रुपमा अभिनन्दन पत्र ग्रहण गर्नुभएको थियो ।
त्यस्तै, कार्यक्रममा सूर्योदय टेलिभिजनले महासंघले स्थापना गरेको सहारा पत्रकार उपचार कोषका लागि २१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी सांसद सिवाकोटीले कन्काई पूर्वको पहिलो टेलिभिजनले छोटो समयमा लोकप्रिय बन्दै गएको र आगामी दिनमा पूर्वको सानका रुपमा टेलिभिजनले गति लिनुपर्ने विश्वास व्यत्त गर्दै  सूर्योदय क्वीजको ग्राण्ड फिनालेमा झापाको गोमेन्द्र बहुमुखी क्याम्पस प्रथम, मोरङको मोरङ मोडल एकाडेमी फष्ट रनर अप, झापाको सितारमेश बहुमुखी क्याम्पस सेकेण्ड रनर अप र न्यूटनस एकाडेमीलाइ सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । विजेता बनेका विद्यालयले क्रमश २५, १५, १० र ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।