शुक्रबार, चैत्र १६, २०८०

नयाँ वर्ष २०७४ सालको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति र प्रम प्रचण्डले यसो भने-

काठमाडौ बैशाख १ , नयाँवर्ष २०७४ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यावेदी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण bi 3नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  त्यस्तै जारी सन्देशमार्फत राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको हुँदा हाम्रो देशमा भएको प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् सम्मुनत वनाउने दायित्व हाम्रो काँधमा आएको उल्लेख गर्नु भएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७४ अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रको समुन्नति, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा नयाँ सुःख, शान्ति, सु–स्थास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना सहित २०७४ सालमा संविधान कार्यान्वयन र आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र सम्बृद्ध राष्ट्र निर्माणजस्तो मुलुकको साझा एजेन्डामा सबैको ध्यान जाओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले शुभकामना सन्देशमार्फत ‘आफ्नो भाग्यको फैसला आफैँ गर्ने’ स्थानीय तहको निर्वाचनमा सहभागी भएर लामो सङ्घर्षपछि प्राप्त अधिकारको प्रयोग गर्न कोही पनि वञ्चित हुनु नपरोस भन्ने कामना गर्नु भएको छ ।

त्यस्तैगरि प्रम प्रचण्डले वर्ष २०७४ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । साथै उहाँले आफ्नो सन्देशमा नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान, र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने कामना गर्नुभएको छ ।  प्रधानमन्त्रीले २०७३ सालमा लामो समयदेखि प्रयोग हुँदै आएका राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई जनताको घरदैलोमा पु¥याउने दिशामा स्थानीय तहको पुनःसंरचना गर्न सफल भएको जिकिर गर्दै विसं २०७३ मा विकराल रुप लिँदै गइरहेको ऊर्जा समस्यालाई समाधान गरी केही सहरहरूमा विद्युत्भार कटौतीको अन्त्य गरी इच्छाशक्ति र निष्ठा भए छोटो समयमा पनि जनतालाई प्रत्यक्ष छुने गरी केही गर्न सकिन्छ भन्ने प्रमाणित भएको उल्लेख गर्नु भएको छ ।