शुक्रबार, चैत्र १६, २०८०

एमालेकी शान्ता र कांग्रेसकी मनिताले गरे संयुक्त गुहार

काठमाडौं वैशाख १७, सामाजिक राजनीतिक अभियन्ताका रुपमा चर्चित शान्ता चौधरी र मनिता घिमिरेले संयुक्त रुपमा एक अपिल जारी गर्दै मुख्य तीन पार्टीहरुलाई गुहार लगाएका छन् । उनीहरुको अपिल छ– ‘जनताको भोट हाल्ने अधिकार रक्षा गरिदिन गुहार  गरेकी छिन ।  उनीहरुले अपिलमा कांग्रेस, एमाले र shanta_chaudhari_manita_ghimire (1)माओवादीलाई चुनाव गराउने मामिलामा विभाजित नहुन अपिल गरेका छन् । शान्ता एमाले हुन् भने मनिता कांग्रेसकी हुन् । यी दुई लगायतले पार्टीभन्दा माथि उठेर देशका लागि गरौं भन्दै विभिन्न सामाजिक राजनीतिक अभियान चलाउन थालेका छन् । यसै क्रममा अपिल जारी गर्दै उनीहरुले भनेका छन्– ‘स्थानीय चुनाव सार्ने तथा सारेपछि चुनाव नै हुन नदिने ढंगले अहिले जुन प्रयासहरु भएको देखिँदैछ, यसको हामी घोर निन्दा गर्दछौं । चुनाव सार्ने र गर्दै नगर्ने बाटोमा देशलाई लगियो भने त्यसले गम्भीर राजनीतिक दुर्घटना निम्त्याउने छ ।’

संसदमा आफूले चाहेको पक्षमा दुई तिहाई पुग्नै पर्छ नत्र मान्दिन भनेर कसैले पनि राजनीतिक ब्ल्याकमेलिङ गर्न नहुने उनीहरुको अपिलमा उल्लेख छ । उनीहरुले मुख्य जोड कांग्रेस, एमाले र माओवादीको एकतामा दिएका छन् । आदिवासी जनजाति मधेसी थारु लगायतका समुदायको माग पूरा नभएकोले चुनाव हुन दिन्नौं भन्ने विचारसँग कुनै पनि हालतमा सहमत हुन नसकिने धारणा राख्दै उनीहरुले विभिन्न जातीय समुदायको तर्फबाट भन्दै माग राख्ने अधिकार लोकतान्त्रिक व्यवस्थामा कसैलाई पनि हुन नसक्ने भनेका छन् ।

मधेसी मोर्चामा आवद्ध दलहरुले जनताको अपमान गरेको दावी गर्दै उनीहरु भन्छन्– ‘संसदमा दस प्रतिशत पनि उपस्थिति नभएका दलहरुले विभिन्न समुदायको माग पूरा भएन भन्दै देशमा अवरोध सिर्जना गर्नु जनताकै अपमान हो ।’  स्थानीय चुनाव सम्पन्न भएमा महिला शशक्तिकरण र नेतृत्व विकासमा क्रान्ति हुने दावी गर्दै उनीहरुले विभिन्न जातीय समुदायका सक्रिय महिला पुरुषले नेतृत्वमा पुग्ने र नेतृत्व विकास गर्ने अवसर पाउने चुनाव रोक्न नहुने विचार राखेका छन् । ‘सिंहदरबारको अधिकार जनताको घर आगनमा पुराउने स्थानीय चुनाव सार्नु तथा रोक्नु भनेको राजनीतिक अपराध हो । तसर्थ, चुनाव सार्ने तथा हुन नदिने प्रयत्नको विरुद्धमा विशेष गरी महिलाहरुले शशक्त ढंगले विरोध गर्नु आजको आवश्यकता भएको छ’– अपिलमा भनिएको छ ।  जनताको अधिकार नखोस्न सबै राजनीतिक दलहरुसँग विनम्र अनुरोध गर्दै उनीहरुले भनेका छन्–‘चुनाव सार्ने र रोक्ने कार्य विरुद्ध आवाज उठाउन आम जनताका साथै समस्त महिलाहरुलाई विशेष अनुरोध गर्दछौं ।’