काठमाडौ चैत्र २०, नेपाल प्रेस युनियन डिजिटल मिडिया विभागको आयोजनामा आज नेपालमा अनलाइन पत्रकारिताको प्रभावकारिताबारे बहस’ तथा आइएफजेको कार्ड वितरण कार्यक्रमको आयोजना गरिएको छ । प्रस्तुत कार्यक्रमलाइ सम्बोधन गर्दै सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधानले दिएको मौलिक अधिकारलाई कुल्चिएर स्वतन्त्र पत्रकारितालाई कुनैपनि बहानामा किमार्थ अंकुश लगाउन नहुँने बताउँनु भएको छ । त्यस्तै उहाँले अबको युग डिजिटलको युग भएकाले पत्रकारहरुले आफ्नो सीमा र दायित्व भुल्नु नहुनेमा उनले सचेत हुँन आग्रह समेत गर्नु भएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही , युनियनका अध्यक्ष बद्री सिग्देल, युनियनकै वरिष्ठ उपाध्यक्ष दीपक आचार्य तथा महिला उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याललगायतले लोकतान्त्रिक मूल्य बुझेको सरकारले गलत नियतबाट अनलाइन निर्देशिका जारी गरेकाले निर्देशिका’ तत्काल फिर्ता लिन माग गर्नु भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघले उपलब्ध गराएको ‘प्रेसकार्ड’ तीन दर्जन बढी पत्रकारलाई हस्तान्तरण उक्त कार्यक्रम विभागका संयोजक युवराज गौतमको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा थियो ।