बिहिबार, असार २३, २०७९

आज देशभर रामनवमी पर्व मनाइँदै, विश्व हिन्दू महासंघमा विशेष कार्यक्रमको आयोजना गरिने

काठमाडौं चैत्र २३, आज चैत्र शुक्ल रामनवमी अर्थात भगवान् श्रीरामचन्द्रको जन्मोत्सब । भगवान् श्रीरामको जन्मोत्सबको अवसरमा भक्तिभाव सहित मुलुकभर ramहिन्दुधर्मालम्वीहरुले श्रद्धा र भक्तिभाव पुर्वक पूजा, भजन ,किर्तन गरी देशभर रामनवमी पर्व मनाइँदै छ ।  असत्यमाथि सत्यको विजय तथा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ। त्रेता युगमा आसुरी शक्तिका मतियार रावणको आसुरी प्रवृतिको अन्त्यका लागि अयोध्याका राजा दशरथको पहिलो पुत्रको रुपमा यस धरतीमा अवतरित हुँनुभएका श्रीरामको सम्झना रामनवमी मनाईने गरिआएको हो ।

यसैबीच जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि वेशेष मेला लाग्ने गर्दछ । मेलामा नेपाल तथा भारतका भक्तालुहरुको घुइँचो लाग्ने गर्दछ ।रामनवमीको अवसरमा आज विहानै देखि जनकपुरको गंगासागर, धनुषसागर लगायतका जलाशयमा स्नान गरी राम मन्दिरका साथै जानकी मन्दिरमा पूजाआराधना गर्ने दर्शनार्थीकोहरुको सख्या निकै बाक्लो हुने गर्दछ ।

यसैवीच  विश्व हिन्दू महासंघले पनि आज  मर्यादा पुरुष श्रीरामचन्द्रको जन्मोत्सब एवम महासंघको  ३७ औ स्थापना दिवसको  अवसरमा  पूर्व प्रम केपी ओलीको  प्रमुख आतिथ्यतामा   महासंघको मुख्यालय परिसरमा  विशेष कार्यक्रमको आयोजना  महासंघकी महासचिव अस्मिता भण्डारीले जानकारी दिनु भएको   छ ।  

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31