शनिबार, बैशाख ८, २०८१

सुन काण्डमा प्रहरी उपरीक्षक श्यामबहादुर खत्री सहित १२ जनाविरुद्ध आज सङ्गठित अपराधको मुद्दा दायर

काठमाडौ फागुन २२,  नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले साढे ३३ किलो सुन पक्राउ प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरी सङ्गठित अपराधमा आज District-Court-Kathmanduमुद्दा दायर गरेको छ ।  गत पौष २० गते संयुक्त अरब इमिरेट्सको दुबईबाट गोपालबहादुर शाहीले एअर अरेबियाको उडानबाट ल्याउँदै गरेको सुनसहितको ‘लगेज’ र सो लिन गएका दिलबन्धु थापा र सन्तोष काफ्लेलाई प्रहरीले पक्राउ गरेको थियो ।  ब्युरोले आज पत्रकार सम्मेलनको आयोजना गर्दै घटनामा संलग्न दुबईमा रहेका मुख्य ५  अभियुक्तसहित १८ जना अझै फरार रहेको जानकारी दिनुको अलावा पक्राउ परेका १२ जनालाई सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा अनुसन्धान कार्य सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौमार्फत आज काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर जानकारी दिएको हो

पत्रकार सम्मेलनमा पक्राउ गरिएका अभियुक्तको वयानको आधारमा सुन तस्करीको मुख्य अभियुक्तको रुपमा पहिचान गरिएका काभ्रेका हरिशरण खड्का र दुबईमा बस्ने गुप्तालाल भुसाल, धु्रव, अर्र्जुनप्रसाद पोखरेल, राजुप्रसाद पन्त विरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी भइरहेको र दुबई प्रहरीसँग समेत समन्वय भइरहेको पनि जानकारी व्यरो प्रमुख सिलवालले जानकारी दिनु भएको छ ।
आज मुद्धा दायर गरिएकाहरुमा क्रमस रामहरि कार्की, विमानस्थल भन्सारका तथ्याङ्क अधिकृत, नारायण यादव, विमानस्थलको एक्सरे मेसिन प्राविधिक राजकुमार ढकाल, विमानस्थलका रेडियो अपरेट श्यामकृष्ण श्रेष्ठ च्वामु त्यस्तैगरि विमानस्थल प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री लगायत १२ जना रहेका छन ।