शनिबार, बैशाख ८, २०८१

सिम्रिकको उडान अव काठमाडौ–भरतपुर–काठमाडौँ पनि

17390586_10210526015881573_3289300677323273785_oकाठमाडौ चैत्र ९, सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौ बाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ सिम्रिकको यो उडानसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या ३ पुगेको छ । सिम्रिक एयर व्यवस्थापन पक्षका अनुसार १८ सिटको प्रस्तुत जहाजले काठमाडौँ–भरतपुर–काठमाडौँ नियमित उडान भर्ने जनाएको छ ।