बिहिबार, बैशाख १३, २०८१

सर्वोच्चद्वारा न्यायाधीश नियुक्तिको फाइल मगाउने आदेश

काठमाडौं चैत १६, गत पौष २८ गते न्याय परिषद्ले उच्च अदालतका लागि ८० जना न्यायाधीशको नियुक्तिको सवालमा न्याय परिषद्लाई विपक्षी बनाइ मंगलबार Court_20150619042154नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदाको फाइल मगाउने आदेश जारी गरेको छ ।

न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले आज उच्च अदालतमा न्यायाधीश नियुक्ति निर्णयका फाइलहरु मगाउने आदेश जारी गरेको हो ।
रिट निवेदकले उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा सरकारी वकिलहरुबाट वरिष्ठतालाई नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख रहेको छ ।