शुक्रबार, चैत्र १६, २०८०

समाचारको विषयमा पत्रकारमाथि भौतिक आक्रमणको प्रयास हुनु निन्दनीय : युनियन

काठमाडौ चैत ८,  नेपाल प्रेस युनियनले पत्रिकामा समाचार प्रकाशित भएको विषयमा प्रेस युनियन बाराका उपाध्यक्ष एवम् नागरिक दैनिकका बारा समाचारदाता उपेन्द्र यादव माथि जिल्ला बन कार्यालय बाराका सहायक बन अधिकृत विन्देश्वर पटेल, शिवशंकर ठाकुर लगाएत वनका कर्मचारीहरुले गरेको दुर्व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी bara-upendra-yadav-2073-12-8विज्ञप्तिमा उल्लेखभएअनुसार गत चैत्र ०७ गते नेपाल पत्रकार महासंघ बाराको नाममा छोडपुर्जी भएको ना १ त ८५१५ नम्बरको ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले बारा जिल्लाको जीतपुर सिमरा उपमहानगर पालिका वडा नं ५ बाट पक्राउ गरेपनि राती नै छोडिएको जानकारी पाएपछि पक्राउ परेको काठको विषयमा सत्य तथ्य छानवीनका लागी निवेदन दर्ता गर्न जिल्ला बन कार्यालय पुगेका उपेन्द्र यादव माथी हातपात सहित दुर्व्यवहार गरिएको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो हुँदाहुदै सरकारी कार्यालयमा आक्रमणको प्रयास हुनु निन्दनीय भएको जिकिर गर्दै महासंघको लागि ल्याइएको भनिएको काठको विषयमा विवाद बढ्नु शोभनिय नहुने युनियनको ठहर रहेको बताउँदै काठ प्रकरणको छानविन गर्न र पत्रकार यादवलाई आक्रमणको प्रयास गर्ने कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउन बन मन्त्रालयको नेतृत्वसँग युनियन जोडदार माग गरेको छ ।