बिहिबार, चैत्र १५, २०८०

संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने

काठमाडौ फागुन १८, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्यथा आफूहरु Captureनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।

मोर्चाको मंगलवार बसेको बैठकले संविधान संशोधन प्रक्रिया नै आफूहरुको प्रमुख सर्त भएको भन्दै सोही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्दै बुधबार पुनः प्रधानमन्त्री प्रचण्ड’सँग छलफल गर्ने निर्णय गरेको गरेको छ । साथै छलफलको क्रममा आफ्नो मागको सुनवाइको अवस्था बन्न नसके सरकारलाइ दिदै आएको समर्थन गर्न समेत मोर्चा पछि नपर्ने मानसिकताम पुगेको सम्वद्धस्रोतले जनाएको छ ।