बिहिबार, चैत्र १५, २०८०

शास्वत धामको उद्घाटनसत्रमा राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र एउटै मञ्चमा सहभागी हुने

काठमाडौ फागुन २१,  आगामी फागुन २४ गते सिजी ग्रुपले नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा निर्माण गरेको शाश्वत धामको उद्घाटन तथा धार्मिक सभामा राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सहभागी हुने भएका छन् ।  प्राप्त जानकारी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शंकराचार्य जयन्द्र सरस्वती र आर्ट अफ Gyanedra-Bidayaलिभिङका संस्थापक रविशंकरको उपस्थितमा शाश्वत धामको उद्घाटन गर्ने कार्यक्रमा पूर्वराजा शाह विशिष्ट अतिथिको रुपमा सहभागी हुने कार्यक्रम । रहेको बुझिएको छ । उद्घाटनपछि धामभित्र सर्वसाधारणको प्रवेश खुला गरिनेछ।

मुलत राष्ट्रपति भण्डारी र पूर्वराजा शार्ह कै कार्यक्रममा सहभागी हुने यस कार्यक्रममा विशेष चासोका साथ हेरिउको छ । हुनत पूर्वराजा शाह यसअघि राष्ट्रपति भण्डारीकी छोरीको बिवाह कार्यक्रममा सहभागी हुन शितलनिवास पुगेका थिए । त्यो प्रसंगलाई लिएर पूर्वराजा शाह र राष्ट्रपतिबीच सम्बन्ध सुमधुर रहेको चर्चा चलेको थियो ।