शुक्रबार, बैशाख १४, २०८१

राजधानीमा जब फेयरको आयोजना हुँदै

काठमाडौं चैत्र १५,     स्वीस सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा  स्थापित नेपालको पहिलो व्यावसायिक तालिम प्रदान गर्ने अग्रणी संस्था  बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीको आयोजनामा चैत्र १८ र १९ गते बालाजु औद्योगिक क्षेत्रमा BSET जब फेयर २०७३ को आयोजना गरिने  भएको  छ ।  anup-201703222anup-201703223_MG_5117[1]सी.ई.सी.आई.क्यानाडाको युनिटेरा प्रोग्राम, सीप विकास आयोजना, अन्तर्राष्ट्रिय श्रम संगठन लगायत विभिन्न संस्थाको सहयोगमा हुन लागेको BSETजब फेयर २०७३ मा सरकारी, गैरसरकारी, निजी, अन्तर्राष्ट्रिय र द्विपक्षीय संगठनहरुको सहभागिता रहने जानकारी कार्यक्रम संयोजक अनिल बज्राचार्यले दिनु भएको  छ ।

सीप सिकेर दक्ष बनेका जनशक्ति र रोजगारदाताहरुलाई यस कार्यक्रम अवधिभर एउटै छातामुनि समेट्दै  दक्ष जनशक्तिको   विलक्षण प्रतिभा रोजगारदाता कम्पनी समक्ष प्रस्तुत गरी तुरुन्तै प्रतिष्ठित  रोजगारदाता प्रतिष्ठानमा प्रवेश पनि पाउन  सक्ने वातावरण बनाउँनुको   अलावा रोजगारदाता कम्पनीले पनि आफ्नो आवश्यकतानुसारको जनशक्तिको परिपूर्ति  गर्ने सहज वातावरण  तयार गर्नु    फेयरको  मुख्य उद्देश्य  रहेको राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा दिईएको  छ ।
बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी  सन् १९६२ मा भोकेसनल ट्रेनिङ्ग इन्स्टिच्युटको रुपमा सी.टी.ई.भी.टी. अन्तर्गत स्थापना भएको दक्ष जनशक्ति उत्पादन केन्द्र हो ।    यस संस्थाले हालसम्म १० हजार भन्दा बढी कुशल जनशक्ति तयार पारिसकेको जानकारी पनि पत्रकार सम्मेलनमा दिईएको छ ।