शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ अनु र समिमको रोमान्स (भिडियो सहित)

काठमाडौं चैत्र १४, खाडी मुलुक कतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएका गायक हुन युसुफ खान । मेलिडियस स्वरको धनी युसुफको जादुमाय आवाजको कारण कतारमा दर्जनौ कार्यक्रममा आफ्नो प्रस्तुति ु दिएर हजारौलाई मोहित बनाईसकेका छन । यिनै गायकको साङितिक यात्राको पहिलो कोशेली स्वरुप नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । युसुफ नामक एल्बममा समेटिएको तिम्रो नयन बोलको भिडियोलाई ‘ आर्टिस्ट नेपालले सार्वजनिक गरेको हो ।
यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । त्यस्तै प्रदिप जोशीले गीतको संगीत संयोजन गरेका छन अमृत सुनुवारको छायाँकन र माधव बेल्बासेको सम्पादन रहेको । म्युजिक भिडियोको निर्देशक नव ढुंगेलले गरेका छन ।
यसैगरि भिडियोमा मोडलिंग क्षेत्रमा डेब्यु गरेका समिम खानलाई मोडल तथा नायिका अनु शाहले साथ दिएकी छिन् । जे एस कृयसन हाउसको ब्युटिफुल वार्डड्रबमा तथा नन्दा अधिकारीको मेकअपमा दुबै आर्टिस्टहरु आकर्शक देखिएका छन । धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमा दुवै मोडलको आकर्षण प्रस्तुति देख्न सकिन्छ ।