शुक्रबार, बैशाख १४, २०८१

मोर्चाद्वारा संसद् बैठक बहिष्कार, निर्वाचन क्षेत्र निर्धारण विधेयक पारित

काठमाडौं चैत्र ७, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजको संसद् बैठक पनि बहिष्कार गरेको छ । बैठक सुरु हुनासाथ मोर्चा आवद्ध सासंद संसद सदस्य डिम्पलकुमारी झाले तराई–मधेसमा केही दिनअघि सप्तरी र नेपालगन्जमा भएको घटनाका बारेमा छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

sambidhan-sabha-bhawan1111संविधान संशोधनको सट्टा सरकारले स्थानीय तहको निर्वाचनको कुरा गर्नु स्वीकार्य नभएको बताउँदै मेरो गोरुको बाह्रै टक्का’ भनेर बसेको सरकारलाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नका लागि पहल नगरेकोमा रोष प्रकट गर्नु भएको थियो । त्यस लगत्तै मोर्चासँग आबद्ध दलका नेताहरु नारा लगाउँदै बैठकबाट बाहिर निस्कनुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतका आधारमा पारित गरिएको हो । बैठकमा विधेयकमाथिका परेको संशोधन निर्णयार्थ प्रस्तुत गरिएकोमा सदनको बहुमतले अस्वीकार गरेको थियो ।
त्यस्तै गरि उपप्रधान मन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शङ्कर नायकले प्रस्तुत गर्नु भएको के गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक, २०७३ लाई परिमार्जनसहित सदनको बहुमतले पारित गरेको छ । संसद्को अर्को बैठक यही चैत ८ गते दिनको १ बजे बस्ने भएको छ ।