बुधबार, बैशाख १२, २०८१

महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा फैसला मंगलबार

काठमाडौं चैत्र ७, सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ आजबाट सकिएको छ ।  प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा प्रस्तुत मुद्धाको अन्तिम financeसुवाइ भएको हो ।

प्रस्तुत मुद्धाको सुनवाइ सकिएपनि मंगलवार फैसला हुँने बताईएको यस मुद्धाको सवालमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यसैबीच, नेपाल प्रहरीका नायब महानिरीक्षक प्रकाशकुमार अर्यालले पनि आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका छन् । रिट निवेदनमा मन्त्रिपरिषदले संविधानविपरीत चन्दलाई महानिरीक्षकमा बढुवा गरेको जनाउँदै प्रहरी नियमावलीअनुसार आफू कार्यसम्पादनमा अब्बल भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न निवेदनमा माग गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।