शनिबार, बैशाख ८, २०८१

मन्त्रिपरिषद्   बैठक :  कर्मचारी खटाउन प्रजिअलाई थप अधिकार प्रत्यायोजित 

काठमाडौ चैत ३ , मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले जिल्लामा कार्यरत कर्मचारीलाई तत्कालका लागि खटाउन प्रमुख जिल्ला अधिकारीलाई थप अधिकार प्रत्यायोजन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा कार्यरत नेपाल प्रशासन, सामान्य प्रशासन, लेखा, इन्जिनियरिङ, pm-office-11012017102857-600x0शिक्षा र विविध सेवाका राजपत्र अनङ्कित कर्मचारीलाई नगरपालिका, गाउँपालिका र अन्तर्गतका वडा कार्यालयमा काम गर्न खटाउने अधिकार प्रजिअलाई प्रदान गरेको बैठकपछि सञ्चारकर्मीलाइ सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने रु १० अर्ब ७० करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गर्नुको साथै विदेशी लगानीसम्बन्धी कामको समन्वय र ताकेता गर्न उद्योगमन्त्री नवीन्द्रराज जोशीको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सचिव सम्मिलित समिति समेत गठन गरेको छ । त्यस्तै नेपालमा अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनी केन्द्र निर्माण गर्नका लागि शीघ्र काम थाल्न वाणिज्य मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।