शुक्रबार, चैत्र १६, २०८०

मधेस केन्द्रित दललाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन सभापति देउवाको आग्रह

काठमाडौ चैत ८,  काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल मानव अधिकार सङ्गठनद्दारा आज राजधानीमा आयोजित मुलुकको निकास कसरी रु शीर्षक राष्ट्रिय बहस कार्यक्रमलाइ सम्बोधन गर्दै मधेस केन्द्रित दललाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ ।  सम्बोधनको क्रममा सभापति देउवाले Captureसंविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाई बहुमत पुग्न सक्ने अवस्था नरहेकाले सो प्रक्रियालाई पुनः निरन्तरता दिनका लागि पनि स्थानीय तहको निर्वाचनमा सहभागी भई मुलुकको राजनीतिलाई अगाडि बढाउनुको विकल्प नभएको सजकिर समेत गर्नु भएको छ ।

त्यस्तै बहस कार्यक्रमका अर्का वक्ता एमालेका नेता माधवकुमार नेपालले देशलाई अग्रगमनतर्फ लैजानका लागि निर्वाचनको विकल्प नरहेकाले सबै दल त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनु भएको थियो भने क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान संविधानले मुलुकको समस्यालाई निकास दिन नसक्ने बताउँदै सबैलाई वैज्ञानिक ढङ्गले समेटेर उनीहरुको भावनालाई सम्बोधन गर्नुपर्ने जनाउ दिनु भएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादव, सङ्घीय समाजवादी फोरमका नेता डा शिवजी यादव, सद्भावना पार्टीका महासचिव मनिष सुमन, तमलोपाका नेता रामेश्वर राय यादव, पूर्वमन्त्री अनिलकुमार झा मानवअधिकारकर्मी दमननाथ ढुङ्गाना, कपिल श्रेष्ठ,लगायतले मुलुककमा विद्यमान राजनीतिक अस्थिरताको निकासका लागि संविधान संशोधनको खाँचो माथि आफ्नो राए प्रस्तुत गर्नु भएको थियो ।