बिहिबार, बैशाख १३, २०८१

पार्टी परित्याग नगरेको स्पष्टोक्ती

पाँचथर फागुन २५ , राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन र कटीवद्ध कार्यकर्ता प्रति ईस्या गर्ने तत्वले पार्टी विरुद्ध अनर्गल प्रचारबाजी गरेको भन्दै लुम्फाबुङ राप्रपाले दुःख व्यक्त गर्दैं प्रस्तुत दुष्प्रचारको भत्र्सना समेत गरेको छ । ‘प्रेमराज लावतीले सामाजिक संजालमा पटक–पटक प्रचार गरे जस्तो लुम्फाबुङ गाविसका राप्रपाका premraj_lawatiसदस्य कसैले पनि पार्टी परित्याग गरि संघीय समाजवादी फोरम पार्टीमा प्रवेश नगरेको स्पष्ट पार्न चाहन्छु । यस्तो भ्रामक प्रचारवाजीको निन्दा र भत्र्सना गर्न चाहन्छु,’ राप्रपा लुम्फाबुङ गाउँ कार्य समितिका अध्यक्ष चन्द्रबहादुर सम्बाहाम्फेले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रष्ट पारेका छन् ।

‘स्वर्गीय नेता पद्मसुन्दर लावती जीवित हुँदा मात्र नभएर उहाँको मृत्युपर्यन्त पनि उहाँले देखाएको बाटोमा हामी अडिग छौं । जबकी नेता लावतीबाट धेरै लाभ लिने व्यक्तिहरु पार्टी, पार्टी चाहर्दैछन्, कपोल्कल्पित प्रचारबाजी गर्दैछन् । हामी त्यस्तो पदलोलुप, अवसरवादी होइनौं,’ अध्यक्ष सम्बाहाम्फे बताउछन् । राप्रपाका वृद्ध सदस्य बल बहादुर लावती त्यस्तै गलत प्रचारबाजीको ज्वलन्त उदाहरण हुन् । बल बहादुर भन्छन्, ‘फोरम पार्टीको कार्यक्रममा प्रेमराज लावतीले आमन्त्रण गरेपछि राप्रपाको प्रतिनिधि भएर गएँ, भरै त मैले पार्टी प्रवेश गरेँ भनेर सामाजिक संजाल गलत सुचना जारी गरेछ, दुःख लाग्यो । साँस रहुन्जेल म राप्रपा छाड्दिन, सत्य यहि हो ।’

उनै प्रेमराजले केही समय यता दुर्दिम्बा र यासोक गाविसका राप्रपा कार्यकताहरु फोरम पार्टीमा प्रवेश गरेको भनेका फेसबुकमा लेखेका थिए । जबकि दुर्दिम्बा राप्रपा अध्यक्ष मिलन सिंघक र यासोक राप्रपा अध्यक्ष नरेन्द्र लावती प्रेमराजको दावी प्रति आश्चर्य व्यक्त गर्छन् । यदि कसैले राप्रपा परित्याग गरेको छ भने नाम र प्रमाण पेश गर्न चुनौति दिन्छन् । बहुदलीय प्रजाजन्त्रको सौन्दर्य स्वस्थ्य प्रतिष्पर्धा भएको कारण कसैले पनि झुटको खेती गर्न नहुने अध्यक्षद्वय बताउछन् । स्वतन्त्र विश्लेषक प्रताप सिं लावती भन्छन्, ‘छोराछोरी विदेश र शहर राखेर, गाउँ बस्तीका निमुखा जनतालाई संघर्ष गर, आन्दोलन गर भन्नु अशोभनीय भए जस्तै भौतारिएर, अनर्गल कुरा गर्दै हिंड्नु कसैको लागि हितकर हुँदैन । जनतामा गएर स्थापित हुने अवसर त सबैलाई छदैछ ।’