शुक्रबार, चैत्र १६, २०८०

पढ्न जाने’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक

काठमाडौं  चैत्र ११,  सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यसमा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालय तथा तिनमा रहेका विभिन्न कोर्स¸छात्रवृत्तिहरु सँगै आवेदन दिने विभिन्न प्रकृयाको बारेमा जानकारी पाउन सकिन्छ । यसको सार्वजनिकरण कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत महामहिम श्री लक्की सेर्पा, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष श्री माधव ढुंगेल र गेट कलेजका सिईयो  खेम लकाईको सहभागीता रहेको थियो । कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने १५० भन्दा धेरै विद्यार्थीको उपस्थिति थियो ।  एन्ड्रोइड मोबाइलको गुगल प्ले स्टोरमा Padnajane टाइप गरेर वा  तथा वेबएप http://www.padhnajane.com मा हेर्न सकिने यो अनलाइन स्रोतले नेपाल¸ अमेरिका¸ जापान र अष्ट्रेलियमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र ट्रेनिङ ईन्स्टिच्युट, कलेज¸ युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्‍याउने उद्देश्य लिएको छ ।

म्याच मेकिङ सुविधाबाट आफ्नो शैक्षिक तह¸ इच्छा र आर्थिक हैसियतअनुसार आफूलाई सुहाउँदो युनिभर्सिटी सँग म्याच गर्न पनि सकिन्छ । विद्यार्थीहरूले यसमा आफ्नो खाता बनाउन¸ मनपरेको शैक्षिक संस्था¸ छात्रवृत्ति र अन्य जानकारीलई फेबरेट बनाएर सेभ गर्न सक्छन् । एकीकृत क्यालेन्डर र प्लानर सुविधाबाट डेडलाईन सकिन लागेको बारेमा नोटिफिकेसन आँएछ । यतिमात्र नभई विदेश जानेलाई पर्सनल स्टेटमेन्ट¸ रिज्युमी तथा अन्य कुरा लेख्ने टिप्स दिएर व्याक्तिगत पोर्टफोलियो बलियो बनाउन पनि यसले मद्धत गर्छ । देशहरुसँग सम्बन्धित छुट्टाछुट्टै जानकारीहरुले निवेदन दिने विद्यार्थीलाई विदेशमा ध्यान दिनुपर्ने कुराहरु¸ स्वास्थ्य टिप्स¸ लगायत अन्य सुरक्षासँग सम्बन्धी जानकारीहरू पनि यसले प्रदान गर्दछ । संवाद गर्न मिल्ने अल्टरनेटिभ डिस्कसन फोरमले विभिन्न देशमा भएका विद्यार्थीलाई एकआपसमा सूचना आदानप्रदान गर्न र सेयर गर्न पनि सहयोग पुर्याउँछ ।

पढन् जाने एल्लिकेसनको प्रयोगबाट विकास उद्यमीले छरिएर रहेका उच्च शिक्षाका अवसरलाई एकैठाँउमा ल्याउँदै त्यसको जरुरी पर्ने विद्यार्थीलाई एकैठाँउबाट अपडेटेड सूचनाको पँहुच दिने उद्देश्य लिएको छ । यसले विद्यार्थीहरूलाई आफूले पढ्ने विषय¸ युनिभर्सिटी र स्रोत तथा साधनहरूको बारेमा आवश्यक तयारी गर्न  पनि सहयोग गर्नेछ । पढ्न चाहनेहरु सूचनाकै कारणबाट पढ्नमा वञ्चित नहुन् भन्नेनै यसको प्रमुख उदेश्य हो । चाँडैनै यो अनलाइन स्रोतले अन्य देशहरु थप्ने तथा नेपालमा पिछडिएका वर्गबाट पढ्न चाहनेहरुलाई छात्रवृत्ति सुविधाको पनि व्यवस्था गर्दैछ । बिकास उद्यमीले यो एप्लिकेसन युवाहरुबाट भर्खरै सुरु भएको ‘टेककुञ्ज’ आईटी कम्पनी सँगको सहकार्यमा विकाश गरेको हो । विकास उद्यमी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा प्रोफेसनलको संलग्न भएको सोसियल ईनोभेसन हब हो जसमा युवाहरूले फरक तरिकाले विकासका   लागि उद्यमशील सोच साटासाट गर्छन् । नेपालमा सकारात्मक परिवर्तन प्राप्त गर्नको लागि भएका र बढ्दै गरेका चुनौतिको सामना गर्न नवीन र स्मार्ट समाधानका बाटो खोजी फरक ढङ्गबाट विकासको डिस्कोर्सरछलफलमा युवालाई सहभागी गराउने यसको लक्ष्य रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।