शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस केन्द्रीय समितिको बैठक चैत १० मा

पूर्वमहाधिवेशन प्रतिनिधि मोहनीप्रसाद पौडेलको निधनप्रति दुःख व्यक्त

काठमाडौ चैत्र ४, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव Captureकृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच स्याङ्जा काँग्रेसsf पूर्वमहाधिवेशन प्रतिनिधि मोहनीप्रसाद पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ । स्व पौडेल ब्रेन ट्युमरको समस्याबाट पीडित हुनुहुन्थ्यो । काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको पूर्वसदस्यसमेत रहनुभएका स्व पौडेलले काँग्रेसको सङ्गठन विस्तार तथा मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गरिएको छ ।