बिहिबार, बैशाख १३, २०८१

उल्टो मिटर घुमाएर रकम असुल्न पल्केका प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

काठमाडौ चैत्र ४,  काठमाडौँ जिल्ला अदालतले मिटर उल्टो घुमाएर रकम असुल्न पल्केका नेपाल विद्युत् प्राधिकरणका २१ कर्मचारी र दुई उद्योगीविरुद्ध चलाइएको ठगी मुद्दा प्रकरण मुद्दाको पहिलो सुनुवाइ गर्दै जिल्ला अदालतले ८ कर्मचारीलाई धरौटीमा रिहा गर्न र ८ जनालाई साधारण तारेखमा छाड्न आदेश Captureदिएको छ ।  जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले उनीहरुले मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्न देखिएको भन्दै थुनामा राख्ने आदेश दिएको हो । अदालतले प्राधिकरणका कर्मचारी सुमन श्रेष्ठ, मन्जित श्रेष्ठ, भगवान पाण्डे, टहलबहादुर कार्की र व्यापारी तपन घोषलाई मुद्दाको किनारा नभएसम्म थुनामा राख्न आदेश दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

महानगरीय अपराध महाशाखाले माघ पहिलो साता प्राधिकरणका कर्मचारी सूर्यबहादुर थापा, ठाकुर महर्जन, प्रदीप शर्मा, श्याम बस्नेत, ओम ढुङ्गाना, दिलबहादुर साउद, अच्युत खड्का, महादेव प्रधान, सूर्यबहादुर कार्की, अन्नपूर्ण सापकोटा, पदमराज जोशीलगायतलाई पक्राउ गरेको थियो ।