शनिबार, बैशाख ८, २०८१

आदिनाथको महास्नान सम्पन्न (फोटो फिचर), दर्शनार्थीको ठूलो भीड

20170329_0021 20170329_0035 20170329_0038 20170329_0048 20170329_0063 20170329_0066 20170329_0072 20170329_0093 20170329_0116 20170329_0125 20170329_0136 20170329_0151 20170329_0156 20170329_0169 20170329_0175 20170329_0176 20170329_0182 20170329_0185 20170329_0189 20170329_0197 20170329_0203 20170329_0207काठमाडौ चैत्र १७, बुधवार चोभारस्थित अर्धनारेश्वर अर्थात आदिनाथको महास्नान सम्पनन भएको छ । प्रत्येक वर्ष आदिनाथको महास्नान गराउँने परम्परा अनुरुप मंगलवार मन्दिरबाट मूर्तिलाई विधिपूर्वक निकालेर खटमा राखी महास्नान गराईएको हो ।

महास्नान पछि चैतेदसैँका दिन नख्खु दोभानमा आदिनाथको खटजात्रा गरिने भएको छ । आदिनाथलाइ हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रुपमा पुजिने आदिनाथको आश्विन शुक्लपूर्णिमा र चैतेदसैँमा गरी दुईपटक मन्दिरमा मेला लाग्ने र आदिनाथको दर्शन गरेमा रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको स्थानीयले जानकारी दिएका छन ।

यसैवीच आज आदिनाथको दर्शन तथा जल निकाल्नका लागि आज दर्शनार्थीको ठूलो भीड लागेको छ । महास्नान पछिको जल घर घरमा लैजानका लागि काठमाडौ  तथा त्यस आसपास क्षेत्रका भक्तजनको घुइँचो लागेको हो ।