बिहिबार, बैशाख १३, २०८१

आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौ फागुन  २१,  आज काठमाडौंका विभिन्न ठाउँमा ६ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । चक्रपथ विस्तारको क्रममा शनिबार विद्युत आपर्तिमा अबरोध आउने प्राधिकरणले जनाएको छ ।

काठमाडौंको दुर्गानगर कोलोनी, कलंकी, लाम्पाटी, रविभवन, सोल्टीमोड, कालिमाटी, ताहाचल, छाउनी, सितापाईला रिङरोड भित्र र किम्डोल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।