शनिबार, बैशाख ८, २०८१

अवदेखि टेलिकमका सेवाग्राहीलाई पनि ‘ब्यालेन्स लोन’

काठमाडौ चैत्र १५,  नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ब्यालेन्स लोन’ रकम उपलब्ध गराउने भएको छ । कहिले काहि मोवाइलमा ब्यालेन्स सकिदा जरुरी कल समेत गर्न असहज परिस्थती सिर्जना भएको भन्ने सेवाग्राहीको गुनासोलाइ दृष्टिगत गर्दै टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ब्यालेन्स लोनको अवधारणा कार्यान्ययनमा ल्याएको हो ।

Nepal-Telecom-Logo-696x365टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही गत ६ गते सम्झौता भई आज सार्वजनिक गरिएको यो अफर टेलिकमले आज सार्वजनिक गरेको हो प्रस्तुत अफर योजना अनुरुप उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध गारउँने टेलिकमले जनाएको छ ।

आज सार्वजनिक सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । सो सुविधा प्रयोग गरेबापत थप कुनै ‘चार्ज’ वा ब्याज नलिई उपभोक्तालाई लोन उपलब्ध हुने र रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा गरिने र सम्झौतानुसार सो सुविधा सम्झौता भएको मितिले पाँच महिनाभित्र सञ्चालन गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।