काठमाडौं फागुन २५, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै रााष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तीकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ लाग्न आग्रह गर्दै संविधानमा व्यवस्था गरिएको नीतिगत प्रावधान, संस्थागत व्यवस्था गरी कार्यक्रमको थालनीबाट समग्र महिलाहरूको अवस्थामा केही सुधार भएको उल्लेख गर्नुभएको छ ।
त्यस्तै सन्देशमा उहाँले विद्यमान सामाजिक परम्परा, धार्मिक अन्धविश्वास एवम् पुरुष प्रधान मानसिकताबाट ग्रसित मूल्य मान्यताको प्रभावले महिलाहरू शैक्षिक, सामाजिक एवम् आर्थिक रूपले पछि परेबाट पुरुषको तुलनामा महिलाको स्थान कमजोर छ भने उनिहरूको अवस्था दयनीय रहेको जिकिर गर्दै महिलाहरूको हक अधिकारका साथै सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासका लागि आवाज उठाउने दिनको स्मरण गर्दै उहाँले प्रत्येक वर्ष ८ मार्चलाई विश्वभर अन्तराष्ट्रिय महिला दिवसका रूपमा मनाउने गरिएको र यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार, समानता, सशक्तीकरण तथा महिला मानव अधिकार सुनिश्चित गर्नुपर्ने प्रेरणा प्राप्त हुँने बताउनुभएको छ ।