शनिबार, बैशाख ८, २०८१

गीतकार बस्नेतको चौथो एल्बमको गीत सार्वजनिक

काठमाडौ फागुन ११ ,सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको चौथो एल्बम ‘कयामुदा’ को एउटा अडियो गीत सार्वजनिक भएको छ । पैसाकै लागि बाँच्छ मान्छे… बोलको गीतमा दिनेश गौतमको स्वर तथा पुस्तक प्रसादको संगीत छ ।  आफ्नो  जन्मदिनको अवसर उनले यो गीतको लिरिकल भिडियोसहित युट्युब मार्पmत् सार्वजनिक गरेका हुन् । गीतको म्युजिक भिडियो भने आगामी वैशाखमा एल्बम रिलिजसँगै सार्वजनिक गरिनेछ । हाल सार्वजनिक गीतमा संगीत संयोजन Captureदिनेश सुनामले गरेका छन् । प्रज्ञा साउन्ड स्टुडियोमा यो गीतको रेकर्डिङ भएको हो । गीतकार बस्नेतको यो चौथो एल्बम हो । यो भन्दा अघि उनले प्रजुशा, प्रभाव र रासुम एल्बम बजारमा ल्याईसकेका छन् ।

पैसा कसले बनायो… गीतबाट चर्चामा आएका दिनेश गौतमको पैसा सम्बन्धी यो अर्को गीत हो । गीतकार बस्नेतको आगामी एल्बममा ५ वटा गीतहरु रहनेछन् । सबै गीतमा पुस्तक प्रसादको संगीत हुनेछ । कयामुदा एल्बमलाई कम्पास मिडियाले बजारमा ल्याउँदैछ । गीतकार बस्नेतले २०७३ को फागुन १० गते नै एल्बम विमोचन गर्ने तयारी गरेका थिए । तर सबै गीतको काम नसकिएकाले एल्बम भने आगामी वैशाखमा मात्र रिलिज गर्ने उनले बताएका छन् ।