शुक्रबार, चैत्र १६, २०८०

पूर्वमन्त्री ढकाल आईएपीपीको एसिया अध्यक्षमा निर्वाचित

सिउल, कोरिया  व्यबस्थापिका संसदका सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल विश्व भरिका सांसदहरुको साझा संगठन “ इन्टरनेशनल Captureएशोसियसन अफ पार्लियामेन्टरियन फर पिस“ (आईएपीपी)को एसिया अध्यक्षमा  निर्वाचित  भएका छन् । दक्षिण कोरियाको राजधानी सिउलमा भएको विश्व भेलाले ढकाललाई एसियाको अध्यक्षमा निर्वाचित   गरेको हो । भेलामा विश्वका १२० राष्ट्रवाट करिब ६०० सांसद तथा नेताहरुको सहभागिता रहेको थियो ।

फेबुअरी १ देखि ५ सम्म सिउलको चलेको शिखर सम्मेलनमा “शान्ति, सुरक्षा र मानब विकास “ बिषयमा दर्जनौ बिज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कोरियाको संसद भवन तथा लोटी होटेलमा आयोजित कार्यक्रमलाई कोरियाका सभामुख चुङ्ग स्येक्यून, कोस्टारिका सभामुख जोसे अल्बेर्टो अल्फारो, इजरायलका उपसभामुख हिलिक बार, बोस्निया हर्जेगोविनाका उपराष्ट्रपति मिलन दुनोविक, अमेरिकी सांसद माट सालमोन, परगककइका पूर्व राष्ट्रपति फेडेरिको फ्रान्को गोमेज , नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झा लगायतले सम्बोधन गर्नु भएको थियो ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, चीन, जापान, कोरिया, फिलिपिन्स, अमेरिका, ब्राजिल, पेरु, रसिया, जर्मनी, टर्की, अस्ट्रेलिया, न्युजिल्यान्ड, इजरायल, प्लाइसटाईन् लगायतका १२० देशका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । भेलाले अमेरिकी सांसद डन ब्रुटन र फिलिपिन्सका पूर्व सभामुख जोसे डेभेनेशिया लाई अन्तराष्ट्रिय सह अध्यक्षमा निर्वाचित गरेको छ । आईएपीपीले विश्वका सबै समस्याहरुको समाधान गर्न शान्तिपूर्ण संवाद र मेलमिलापको माध्ययम वाट पहलकदमी लिने बताएको छ । पूर्वमन्त्री समेत रहेका सांसद ढकालले आफ्नो नयाँ जिम्बेवारी पुरा गर्ने क्रममा एशिया प्यासिफिक देशका सरकार, संसद, राजनैतिक दलहरु तथा सांसदहरुसंग निरन्तर सम्पर्क र सम्बादमा रहेर यस क्षेत्रको शान्ति, सुरक्षा तथा मानब कल्याणको खातिर प्रयत्नशील रहने जानकारी दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।