शनिबार, बैशाख ८, २०८१

२३ लाख चोरी गर्ने उपाध्याय पक्राउ

काठमाडौं फागुन २,  नेपाल इन्भेस्टमेन्ट बैंकबाट हराएको रकम बैंककै एक कर्मचारीले गत हप्ता चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार बैंकको रु २३ लाख ४४ हजार चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक Captureगर्दै चोरी प्रकरणको खुलासा गरेको हो ।
प्रहरीका अनुसार उपाध्यायले माघ २८ गते बैंकको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त रकम चोरी गरेको जनाउँदै निजले चोरी गरेको रकम निजले आफन्तका घरमा लुकाइराखेका पत्रकार सम्मेलनमा जानकारी दिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।