शुक्रबार, चैत्र १६, २०८०

सम्पदा पुनर्निर्माणमा ठेक्का प्रणाली -किमार्थ अस्वीकार्य: स्थानीय सङ्घसंस्थाका प्रतिनिधि

काठमाडौ माघ २९, गत बैशाख १२को महाभूकम्पका कारण लगभग पूर्ण रुपमा क्षतिग्रस्त राजधानीको हनुमानढोका परिसरका मठमन्दिर पुनर्निर्माणका लागि ठेक्कामा दिने सरकारी नीतिको स्थानीयवासीले विरोध गरेका छन् । दुई दर्जनभन्दा बढी स्थानीय सङ्घसंस्थाले शुक्रबार महादेव पार्वती डबलीमा एक कार्यक्रमको Anup_20170210_1 Anup_20170210_2 Anup_20170210_3आयोजना गर्दै सम्पदा पुनर्निर्माणमा ठेक्का प्रथाको विरोध गरेका हुन् ।

कार्यक्रममा स्थानीय क्षेत्रका क्लब, सङ्घसंस्थाका प्रतिनिधिले विश्व सम्पदा सूचिमा समावेश भएको दरबार स्क्वायर क्षेत्रका सम्पदा विदेशीलाई बनाउन दिन नहुने भन्दै , स्थानीयवासीको सहभागितामा नेपालीले नै बनाउनुपर्नेमा जोड दिएका थिए । तर कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले सम्पदा अमानतमा बनाउन पाए अति उत्तम हुने धारणा राख्दै त्यसका लागि हाल प्रचलनमा रहेको कानुन संशोधन गर्नुपर्ने जिकिर गर्दै गर्दा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले ठेक्का प्रथाले सम्पदा ठडिन्छ तर त्यसमा आत्मा भर्न नसकिँने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै सम्पदा संरक्षण सङ्घर्र्ष समितिका सदस्य गणपतिलाल श्रेष्ठले दरबार क्षेत्रका कुनै पनि सम्पदा निर्माण गर्दा स्थानीयको प्रत्यक्ष सहभागिताको आवश्यकता रहेको बताउँदै स्थनीयको सहभागिता विना ठेक्का प्रणाली मार्फत गरिने पुर्न निर्माण किमार्थ स्वीकार गर्न नसकिने जनाउ दिनु भएको थियो ।