बिहिबार, बैशाख ६, २०८१

संविधान संशोधन पछिमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाब कांग्रेस सभापति देउवाद्दारा अस्वीकार

काठमाडौं माघ १९,  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन टुंग्याएरमात्रै निर्वाचन प्रक्रिया थाल्न आएको दबाबलाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको खवर आजको नागरिक दैनिकमा प्रकाशित रहेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन मिति घोषणाका लागि निरन्तर रुपमा दबाब परिरहेका बेला बाह्य दबाब पनि आउन थालेपछि देउवाले ठाडै अस्वीकार गरेका हुन् ।

Captureबाह्य प्रेरणा र मोर्चाको मागअनुसार संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने दिइएको दबाब अस्वीकार गर्दै सभापति देउवाले प्रधानमन्त्री दाहाललाई उल्टै निर्वाचन मिति तत्काल घोषणा गर्न दबाब बढाइरहेका छन् ।  ‘देउवालाई संविधान संशोधन गरेपछि मात्रै चुनावमा जान भनेर एउटा छिमेकी मुलुकको संस्थापन पक्षले दबाब दिइरहेको छ तर त्यसलाई मान्नुभएको छैन,’ उनी निकट स्रोतले भन्यो, ‘बरु त्यस्तो दबाबका बाबजुद उहाँ कुनै पनि हालतमा स्थानीय चुनाव गर्नुपर्छ भनेर लागिरहनु भएको छ । बाह्य दबाबबारे एमाले शीर्ष नेताहरुसँग समेत कुराकानी भइरहेको जानकारी स्रोतले दियो । स्रोतका अनुसार स्थानीय निर्वाचनको सवालमा पछिल्लो समय प्रतिपक्ष नेकपा एमाले र कांग्रेसबीच समान धारणा बन्दै गएको छ ।