बिहिबार, बैशाख १३, २०८१

विनायक र जेनिथ फाइनलमा 

काठमाडौं फागुन १२, विनायक एकेडेमी र जेनिथ एकेडेमी दोस्रो मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मध्यपुर युथ एशोसियसनको आयोजना र मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा सञ्चालित प्रतियोगिताको बिहिवार सम्पन्न सेमिफाइनलमा जेनिथले नवरत्न ईं बोर्डिङ football_netस्कुललाई २–१ ले र दोस्रो सेमिफाइनलमा विनायकले सुप्रिम ऐकेडेमीलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । सानोथिमिस्थित एशोसियसनको मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा जेनिथका लागि सुशिल तिमल्सिनाले खेलको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३१ औं मिनेटमा राज प्रजापतिले गोल गर्दै नवरत्नलाई खेलमा फकार्ए पनि खेलको ६० औं मिनेटमा जेनिथका रोदन गुरुङले गोल गर्दै टोलीलाई २–१ जित दिलाए । खेलमा जेनिथका रोदन म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा विनायकका लागि राजकुमार बुढाथोकी र सुनिल योञ्जनले गोल गरे भने सुप्रिमका लागि रिकेश थापाले गोल गरेका थिए । खेलको २३ औं मिनेटमा राजकुमारले गोल गर्दै विनायकलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको पहिलो मिनेटमा नै सुप्रिमका रिकेश थापाले गोल गर्दै खेल बराबरीमा ल्याएपनि दोस्रो हाफको तेस्रो मिनेटमा नै सुनिल योञ्जनले गोल गर्दै विनायकलाई फाइनलमा पु¥याए । विनायकका लागि पहिलो गोल गर्ने राजकुमार खेलमा म्यान अफ दि म्याच घोषित भए ।  मध्यपुर थिमि नगरभित्रका २० वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल शनिवार हुने मध्यपुर युथ एशोसियसनका अध्यक्ष एवम् पूर्व राष्ट्रिय कप्तान उपेन्द्रमान सिंहले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेलाई नगद ३० हजार र दोस्रो हुने टोलीलाई १५ हजार नगद पुरस्कारका साथै ट्रफी तथा मेडल प्रदान गरिनेछ ।