मङ्लबार, चैत्र ६, २०८०

लगानीका लागि मुलुकमा भिजन सहितको स्थिर सरकार र सरकारी निति बन्नु आवश्यक: युवा उद्यमी पौडेल

 “अन्तर्राष्ट्रिय जगतमा एक सफल व्यवसायीका रुपमा सफलताको शिखर चुम्दै  युवा व्यवसायि  पौडेल”

हुने विरुवाको चिल्लो पात भने जस्तै बाग्लुङ जिल्लाको सर्कुवा गाविसमा एक सामान्य परिवारमा जन्मनु भएका कृष्ण पौडेल, 17005892_1419186218112455_455920737_nआफ्नो जिवनको आरोह-अवरोह यापन गर्ने क्रममा त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरको अध्ययन पछि स्वरोजगारीको अवधारणालाइ कार्यान्वयन गर्दै चितवनको नारायणगढमा कपडाको थोक तथा खुद्रा व्यापार गर्दै आफ्नो दैनिकी सुचारु गर्दै बसेका थिए ।  यसवीचमा दृढ मनोकाक्षा तथा उर्जाशिल स्वभावबाट ओटप्रोट व्यक्तित्व कृष्णको व्यवसाय बिस्तारै फस्टाउदै गरेको थियो । तर मुलुकको विडम्बना नै भन्नु पर्छ । बिं सं तत्कालीन  (२०५२ साल) माओवादी द्धन्दका कारण मुलुकको विकासपथमा सिर्जना भएको संकटसंगै बन्द, हड्ताल, चक्काजाम, चन्दा आतंक  जस्तो वर्वरताबाट उहाँको व्यवसाय पनि अक्षुतो रहन सकेनन ।

मुलुकमा विकसित अराजक घटनाक्रमसंगै मनमा अठोट र आशाका किरण बोकेर उच्चशिक्षा अध्ययनका लागी बेल्जीयम पुग्नु भएका उहाँले  संङगाल्नुको आत्मविश्वासको निरन्तरतालेनै मान्छेलाई सडकबाट महलमा पु-याउँछ भन्ने वाणीलाइ चरितार्थ गर्दै संघर्ष, निष्ठा र परिश्रमप्रति विश्वस्त हुदै आफूले नै आफैलाई परिवर्तनको दिशामा डोर्याउँदै आज पढाइको अलावा एक सफल उद्यमीको रुपमा स्थापित हुँन सफल युवा व्यक्तित्व हो कृष्ण पौडेल ।

यसै प्रसंगमा चितवनको एउटा सामान्य पारिवारिक पृष्ठभूमिका प्रष्टवक्ता पौडेल जो आज अन्तर्राष्ट्रिय जगतमा एक सफल व्यवसायीका रुपमा सफलताको शिखर चुम्ने क्रममा हुनुहुन्छ । उहाँको सफलताको रहस्य र जिन्दगीको आरोह अवरो सहितको भोगाई संघर्ष, निष्ठा र परिश्रमका सवालमा केन्द्रीत भएर https://www.kantipurhotline.comका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको परिचय ? 
म त्यस्तो ठुलो परिचय भएको खास मानिस होईन। मेरो जन्म बाग्लुङ जिल्लाको सर्कुवा गाविसमा एक मध्यमबर्गिय परिबारमा भएको हो। समाजशास्त्रमा त्रि बि बि बाट एम .ए गरि हाल बेलायतमा निजि ब्यबसाय गरि बसोबाश गरिरहेको छु।

आफ्नो जिबनको आरोह अवरोव लाई कसरी हेर्नुहुन्छ ? 
मानवीय जिवन भन्नुनै सघर्षको पर्यावाची शव्द हो । त्यसमा पनि जो हामी मध्यमबर्गिय परिबारबाट आएकाले अझ बढि अप्ठारा पार गर्नु पर्छ । चुनौति लाई पूर्णबिराम नलगाई ठटेर सामना गर्ने हो भने सफलता प्राप्त हुने कुरामा कुनै शंका हुदैन। सफलता असफलता हामी सबैको वरिपरी नै हुन्छ मैले जिबनको शुरुवातबाटै मुस्किल र समस्याहरु बेहोरदै आएको हुं । समस्या आयो भन्दै हतास बन्नु हुँदैन नाट्यसम्राट् बालकृष्ण समले व्यक्त गर्नु भएको उद्गार जस्तै दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुस्ख दे भन्ने उद्गारबाट प्रभावित व्यक्ति हुँ ।

सफलता के हो ? 
खोजी गरेको चिज पाऊनु नै सफलता हो।खोजी बीना कुनै चिज पाईदैन। एकै पटक धैरै खोज्नु पनि हुदैन। धैर्यता निरन्तरता नै यसका पुरक हुन।

यस अर्थमा तपाई सफल या असफल ?
म त्यति सफलता प्राप्त गरेको मानिस होईन । तपाई ले कसरी बुझ्नु भो त्यो मलाई थाहा छैन । यो भने पक्का हो ममा बिच बाटोमा थाकेर बिस्राम गर्ने बानी छैन।म कुनै पैत्रिक सम्पति ,नाम र ख्याति पुस्तैलि रुपले लिएर आएको होईन।म संग आज जे जति छ त्यो केबल मेरो मेहनत र समयमा गरेको सहि निर्णयको नै परिणाम हो।

मुलत आजभोली व्यस्तता चाहि केमा हो ?
मेरो एऊटा हब्समोट लौनडेर्ट नामको किलिनिङ कम्पनी संचालित छ । साथै बेलायतको पिंजा ऊधोगमा दोस्रो नंम्बरको कम्पनि पिंजाहटमा पच्चिस प्रतिशत (%) को साझेदारि छ  । जसको शाखा आजको मितिसम्म बेलायतमा मात्र ६सय ४५ वटा छ जसको एक शाखाको मुल्य शालाखाला ३ देखि ४ करोड नेपाली  रुपयाँ बराबरको हुन्छ।17035328_1419184831445927_914378340_n

प्रस्तुत ब्यबसायको सोच कसरी बनाउनु भयो ? 
हामी  नेपालीमा अरुले जे गर्यो त्यहि नकल गर्ने बानि छ,नकल गर्नुभनेको प्रतिस्प्रर्धालाई निम्ताऊनु हो। म शुरुबाटै कम प्रतिस्प्रर्धा भएको ब्यपार गर्न चाहन्थे,मैले एक टिफिन नामको रेस्टुरेन्ट चलाएको पनि हुँ। देख्दा मान र सम्मान बढि पाईने भएपनि उल्लेख्य पैसाको बचत नहुने भएकोले त्यसलाई बिक्रि गरि यो ब्यबसाय गरेको हुं।

प्रवासमा रहेर आफ्नो मुलुकलाई कसरी हेर्नु भएको छ ?
मुलुक प्रतिको चिन्ता सबैलाई हुन्छ,कसले भुल्न सक्छ आफ्नी आमालाई। हाम्रो दुख यो छ कि नेतै नेता भएको देशमा राजनेता कोहि नभएकोमा। राष्टियहितमा सबैलाई समटेर लैजानो ब्यक्ति नभएकोमा,कानुन र बिधिको शाशन नभएकोमा,प्रजातन्त्र लाई भिडतन्रमा बदल्नेको जमात बढेकोमा,कर्म छोडि चाकडीको बिस्वास बढेकोमा ।

बैदेशिक लगानी र युबाशक्ति पलायन लाई कसरी हेर्नु भएको छ ? 16990188_1419184618112615_1227674900_o
युबाशक्ति भनेका देशका मेरुदण्ड हुन। बिदेश जानु कसैको रहर हुदैन।बाध्यताले जानुपर्छ जिबिकाको लागि।रोजगारि श्रृजना गर्ने काम सरकारको हो।सरकारले उद्योग धन्दामा बढि लगानी गरि रोजगारका अवसर बढाऊनु पर्छ।लगानीकर्ता अनावश्यक  करहरु नलगाई काम गर्ने बाताबरण बनाईदिनु पर्छ। रोजगारदातालाई राज्यले प्रोत्साहित  गर्ने हो भने नेपालमा लगानी गर्न को तयार हुदैन ?  । यसको लागि मुलुकमा भिजन सहितको स्थिर सरकार  र  सरकारी निति बन्नु आवश्यक छ ।

तपाई नेपालमा लगानी गर्न चाहानु हुन्छ त ?
अवश्य  यदि अनुकुल वाताबरण बनेमा,सरकारले शान्तिशुरक्षाको प्रत्याभुति गराएमा । मत सानो ब्यबसाय गरि बसेको मान्छे हो ,विभिन्न देशमा नेपाली मुलका र नेपाललाई माया गर्ने ठुलो ब्यबसायिहरु पनि नेपालमा लगानी गर्न चाहन्छन।

तपाईको ब्यबसाय अरु नेपालीले गर्ने रेस्टुरेन्ट  भन्दा फरक छ नी ?
सायद मेरो मात्र होला,यसको सबै डाटा मैले निकालेको छैन। शुरुमा मैले पनि रेस्टुरेन्ट गरेको हुँ तर मैले पछि बिक्री गरे।

किन चलेन वा चलाऊन सक्नु भएन ?
मेरो रेस्टुरेन्ट राम्रो संग चलेको प्रतिष्ठित थियो। ब्यापार राम्रो थियो तर खर्च र बचतको तालमेल नमिलेकोले मैले बिक्रि गरेको हो ।

यो किलिनिङ ब्यापार कस्तो चल्दैछ त ?
ठिक छ। यसमा मानसिक तनाब त्यति हुदैन।मेशिन मार्फत क्लिनिङ हुने भएकोले दक्ष कामदारको त्यति जरुरत पर्दैन साधारण १-२ घण्टाको तालिमबाटनै काममा लगाऊन सकिन्छ। यो ब्यबसाय चलाऊनको लागि क्षेत्र राम्रो हुनु पर्छ अथबा धनि एरियाका मानिसको जिबनशैली विलासी हुने भएकोले हाम्रो सेबालाई निरन्तर प्रयोग गरि रहन्छन तर यहि ब्यबसाय गरिब ईलाकामा छ भने सोचेजति मुनाफा हुदैन।

अनि  पिज्जाँ हट ?
यो एऊटा बहुराष्टिय कम्पनि हो । यसका दुई बर्ग छन, पिज्जा डेलिभरि र पिज्जा रेस्टुरेन्ट मैले माथिनै भनि सके अहिले यसका ६सय४५ शाखा छन।

बेलायतका बित्तिय संस्थासंग तपाईको राम्रो सम्बन्ध छ  भनिन्छनी  ? 
लेनदेन भैरहेको  छ ।मेरो डिफल्ट कसैसंग पनि हुदैन साथै ऊनिहरुका वित्तिय पोर्डक्ट किन्ने  गर्छु  । नेपालमा जस्तो मेनेजरलाई चिनी राख्नु पर्दैन,वित्तिय संस्थामा आफुले बनाएको रेकडनै काफि हुन्छ।

सामाजिक कार्यमा कत्तिको रुचि छ?
रुचि छ तर समय अभावले गर्दा सक्रिय छैन,राम्रो कार्य गरेका संघ संस्था लाई सहयोग गर्न मन लाग्छ।

अन्तमा हाम्रो अनलाइन मार्फत के भन्न चाहनुहुन्छ ?
मलाई साक्षत्कारको मौका दिई आफ्ना कुरा राख्ने अवसर दिनु भएकोमा तपाई लगायत अनलाइनको पत्रिकाको सम्पूर्ण टिम लाई धन्यबाद दिन चाहन्छु। साथै संसार तीव्र गतिले परिवर्तन भइरहेको छ । परिवर्तन नहुने त परिर्वतन शब्द मात्रै हो अरू सबै  परिवर्तनशील हुन्छ । यसअर्थमा पनि जहाँ दुःख हुन्छ त्यहाँ सुखको पनि हाली मुहाली हुन्छ । अध्यारो पछि फेरी उज्यालो नै आउँछ । स-साना कुराको उपस्थितिले नै मान्छेलाई पूर्ण बनाउँछ भन्ने कहिले नविर्सन आग्रह गर्दछु ।

निकट भविष्यमानै  हटलाइन समसामायिक वार्तामा  उहाँसगको लाइभ भिडियो  वार्तालाभ  प्रस्तुत गरिने छ । (-स )