मङ्लबार, बैशाख ४, २०८१

राप्रपा महाधिवेशनका लागि देशभरबाट ३हजार प्रतिनिधि छनौट

काठमाडौं फागुन ३,  राष्ट्रिय प्रजातन्त्र पार्टीको तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएको तीन महिनाभित्र एकता महाधिवेशन गर्न सहमति अनुरुप rppराजधानीको भृकुटीमण्डपमा फागुन ६ गतेदेखि ९ गतेसम्म हुने आसन्न महाधिवेशनका लागि ३ हजार ३ सय १५ प्रतिनिधि छनोट गरेको छ । पार्टीको स्थानीय तहदेखि गरिएको प्रतिनिधि छनोटका क्रममा देशभरबाट सो संख्यामा प्रतिनिधि छनोट गरिएको हो ।

यसपटक देखि पार्टीलाई लोकतान्त्रिक बनाउन भन्दै राप्रपाले पार्टीका शीर्ष नेताले पनि वडा, गाउँ, नगर, क्षेत्र, जिल्लाबाट प्रतिनिधिका रुपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको थियो ।   निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको संयोजकत्वमा मूलसमारोह समिति गठन भइसकेको छ । उक्त समिति अन्तर्गत विभिन्न ११ उपसमिति समेत गठन भई तोकिएको जिम्मेवारीअनुसार काम भइरहेको रप्राप्त समाचारमा उल्लेख गरिएको छ ।