बुधबार, बैशाख १२, २०८१

राप्रपाको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं फागुण ९ , राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनको लागि आज भएको मतदानबाट पार्टी राप्रपाको अध्यक्षमा कमल थापा बहुमतले निर्वाचित भएका छन्।  राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनमा आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराउँने क्रममा अध्यक्षमा 629579089कमल थापा र प्रदिप विक्रम राणाले उम्मेद्वारी दिएका थिए ।

प्राप्त जानकारी अनुसार अध्यक्षमा थापाले निकटम प्रतिद्धन्दी प्रदिप विक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निवार्चित हुनु भएको हो । थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएका प्राप्त गरेको थाहा भएको छ । राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।