शुक्रबार, बैशाख १४, २०८१

राउतलाई अनुसन्धानका लागि थप १० दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं  माघ २१ , राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक सिके राउत लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ ।  नेपालबाट तराई अलग गरेर स्वतन्त्र तराई घोषणा गर्ने अभिब्यक्ती दिंदै आएका राउतलाइ विहिवार ckजिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । धनुषा प्रहरी स्रोतका अनुसार जनकपुर माछा बजार नजिकै भूमिगत रूपमा लुकेर बसेको अबस्थामा राउतलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

राउतले यही माघ ५ गते सिराहाको लाहानमा आमसभा गरेर स्वतन्त्र तराई घोषणा गरेर आर्कै नागरिकता बाँड्ने धम्की दिएका थिए ,त्यस लगतै राउतलाई पक्राउ नगरी संरक्षणा गरेको भनेर प्रचण्ड सरकारको चौतर्फी बिरोध भएपछि पछिल्लो पटक राज्य बिखण्डन गर्ने अभिब्यक्ती दिएको भन्दै उनी बिरूद्ध सिराहा प्रहरीले पक्राउ पूर्जी जारी गरेको थीयो । प्रहरीका अनुसार राउतलाई राज्यविरुद्धको अपराधमा मुद्धा चलाउने तयारी रहेको बुझिएको छ ।

त्यस्तै मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि अदालतले थप १० दिन थुनामा राखी अनुसन्धान गर्न यस्तो आदेश दिएको हो । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लबको मुद्दा चलेको थियो । तर धरौटीमा छुटेका थिए । यदि राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने कानुनी व्यवस्था रहेको छ ।