बिहिबार, चैत्र १५, २०८०

रसुवाको भूकम्पपिडितको विचल्ली, पुनःनिर्माणको पर्खाइमा

निमा तामाङ/ रसुवा फागुन ६, रसुवाको हाकु गाबिस र डाडा गाउँ गरि झन्डै पाच सय घरधुरीका भूकम्पपिडित अहिले पनि लहरेपौवा गाबिसको विभिन्न 16810915_1872769323012840_1882278911_o 16790526_1872769846346121_1271181807_nस्थानमा क्याम खडा गरि बसोबास गर्दै आइरहेका छन । भूकम्प पिडितका लागि सरकारले सुरु गरेको पुनःनिर्माण सहितको पुर्नस्थापनाको कार्य व्यवाहारिक रुपमा अगाडि बढाउँन नसकेका कारण आफुहरु बाध्य भएर क्यामपामा बस्न बाध्य भएको पर्म तामाङ्ले जानकारी दिएका छन ।  भूकम्प गएको दुई बर्ष बित्दा पनि सरकारले प्रभावकारीरुपमा पुनःनिर्माणको कार्यारम्भ नगरेका कारण आफुहरुको यस्तो हविगत भएको पिडितहरुको गुनासो रहेको छ ।

पिडितमध्येकै छेकु लामाका अनुसार झन्डै २५ सय भन्दा बढिको सख्यामा रहेका बिस्थापितहरु अहिले दोहरो मारमा परेको जनाउ दिदै भर्ने कातर्फ सरकारले पुर्ननिर्माणको काम सुरु नगर्नु अर्को तर्फ क्याम्प बनाइ बसिरहेको जग्गाका जग्गा धनिहरुले क्याम्प हटाउँन भनेपछि पिडितको विचल्ली भएको बताए ।