शनिबार, बैशाख ८, २०८१

माओवादी–कांग्रेस सम्बन्ध चिसिँदै

निर्वाचन मिति घोषणा नगरेकोमा असन्तुष्टि

काठमाडौं माघ २३ ,सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग मुख्य सहयात्री नेपाली कांग्रेसको खटपट सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई लिएर कांग्रेस नेताहरूले सार्वजनिक रूपमै आलोचना गर्न थालेका छन् ।  प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको कांग्रेस नेताहरूको a369b3आरोप छ । नेपाली कांग्रेसका नेताहरूले निर्वाचन मिति घोषणा गर्न नसक्ने भए राजीनामा दिन प्रधानमन्त्री दाहाललाई आग्रहसमेत गर्न थालेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत साता कोरिया भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले चुनाव गर्न नै नचाहेको आरोप लगाएका थिए । सरकारले निर्वाचन मिति नतोकेकोप्रति उनको असन्तुष्टि छ । पौडेल पक्षीय नेताले सरकारबाट फिर्ता हुनुपर्ने मागसमेत गर्न थालेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिनसमेत दबाब दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले सरकारले निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने काम मात्रै भएको बताए । ‘निर्वाचन आयोगलाई तयारी गर भन्नु बेकुब बनाउने कुरा मात्र हो,’ नेता कोइरालाले भने, ‘आयोग बाह्रै महिना निर्वाचनका लागि तयार छ तर मुख्य कुरा त निकायको गर्ने कि तहको भन्ने तोक्नुपर्ने हो त्यो तोकेको छैन ।’ नेता कोइरालाले सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकिने समेत जनाए । ‘सरकारले जे गर्नुपथ्र्यो त्यो गरेन, सरकारको कामप्रति सन्तुष्ट हुने ठाउँ छैन,’ उनले भने ।