बिहिबार, चैत्र १५, २०८०

महिला पत्रकार मारिइन

एजेन्सी फागुन १५ , इराकी कुर्द टीबीमा कार्यरत ३० बर्षिया शिफा गर्दी नामकी एक महिला पत्रकार समाचार संकलनका क्रममा मारिइएकी छिन् । इराकको मोसुल शहरमा भएको बम बिस्फोटमा उनी मारिएकी हुन् । मोसुल शहर सडक किनारामा समाचार संकलनकै क्रममा भएको बम बिस्फोटमा मारिइएकी हुन् ।

उनीसँगै रहेका क्यामरा पर्सन भने घाइते भएका छन् । आईएस नियन्त्रणमा रहेको शहरको पश्चिमी इलाकामा सैन्य अभियानको समाचार संकलनमा महिला पत्रकार गर्दी पुरुष पत्रकार सरह सक्रिय रहँदै आएकी अन्र्तराष्ट्रिय समाचार माध्यमालाइ उदृत गर्दै समाचार एजेन्सीले जनाएको छ ।