शुक्रबार, बैशाख ७, २०८१

महासङ्घको सदस्यता वितरणप्रति युनियनको आपत्ति

महासंघ सदस्यतामा अनियमितता 2073-10-26-1महासंघ सदस्यतामा अनियमितता 2073-10-26-2काठमाडौ माघ २६,  नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घले सदस्यता वितरणको नाममा गैरनेपाली नागरिकलाईसमेत महासङ्घको सदस्यता स्वीकृत गर्नुको अलावा नयाँ तथा नविकृत सदस्यताको टुङगो लगाउने सन्दर्भमा महासंघ नेतृत्वले गरेका अनेक अनियमितताका श्रृङखलावद्ध फेहरिस्तहरु उजागर भएको भन्दै ति र त्यस्ता सच्याउन माग गरेको छ । त्यस्तै युनियनका महासचिव अजयवावु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा दल विशेषका कार्यकर्ताहरुलाई सदस्यता दिने र नविकरण गर्ने कामहरु भएका दर्जनौ गुनासो र उजुरी स्वयं महासंघको केन्द्रीय कार्यालयमा आएको जानकारी आइरहेको उल्लेख गर्दै
पत्रकारिता पेशाबाट पलायन भइ निष्क्रिय रहेका र अन्य पेशामा लागिसकेकाहरुलाई समेत नविकरण गरि मत सुरक्षित गर्ने प्रपञ्च मात्र सहित संस्थागत रुपमा महासंघलाई कब्जा गर्ने र फरक विचार राख्नेहरुलाई सदा सर्वदा वाहिर राख्ने उद्धेश्यबाट महासंघको उच्च नेतृत्व उद्यत भएको जनाएको छ ।

त्यस्तै यो अवस्थामा महासङ्घको उच्च नेतृत्वले आफूलाई नसच्याए महासङ्घका शाखामा परिस्थिति काबु बाहिर जानसक्ने तथा केन्द्रीयस्तरमा पनि अप्रियस्थित उत्पन्न हुनसक्ने र सोको सम्पूर्ण जिम्मेवार महासंघको उच्च नेतृत्व नै हुने हामी विनम्रतापूर्वक जानकारी गराउँदै तर्सथ अवैध, प्रक्रिया मिचिएका र पुराना अभ्यासहरु कुल्चिएका निर्णयहरुलाई तत्काल सच्याउन चेतावनी पनि दिन्छौ विज्ञप्तिमा भनिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031