शुक्रबार, चैत्र १६, २०८०

महासंघमा युनियनको तालाबन्दी ,अधिवेशनका नाममा हुने नाटक मञ्चनलाई अहसयोग गर्न आह्वान

काठमाडौ फागुन २,  नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।  युनियनका अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा पदाधिकारी तथा सदस्यसहितको टोलीले सोमबार महासंघको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन npuwतालाबन्दी गरेको हो । त्यस्तै युनियनले मंगलबार देखि महासंघको जिल्ला अधिवेशन हुने वातावरण तयार नभएकाले सबै पत्रकारलाई अधिवेशनका नाममा हुने नाटक मञ्चनलाई अहसयोग गर्न पनि आह्वान गरेको छ ।

ताला लगाउनेक्रममा अध्यक्ष सिग्देलले महासंघलाई कुनै अमुक दल विशेषको भातृसंस्थाकारुपमा लैजाने खतराबाट महासंघको साझा चरित्रलाई बचाउन बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउँदै अझैपनि महासंघ नेतृत्वले वार्तामा आएर सदस्यता विवाद विषयको हल खोज्नेछ भन्ने विश्वास व्यक्त गर्दै अन्यथा महासंघको परिस्थिति अझ जटिल मोडमा जाने चेतावनी समेत दिनु भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा तालावन्दीको क्रममा युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति युनियनले अवगत गराउँदा–गराउँदै पनि त्यसलाई बेवास्ता गरेकाका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउँदै युनियनले तत्काल सदस्यता वितरणमाथि छानवीन गर्न पनि महासंघ समक्ष माग गरेको उल्लेख गरिएके छ ।