बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठक:  स्थानीय निर्वाचनको तयारी गर्न सरकारको आग्रह

 स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि प्राप्त गुनासाका सम्बन्धमा अध्ययन गरी सुझाव दिन मन्त्रिस्तरीय कार्यदल गठन, कार्यदलको प्रतिवेदनपछि मात्र निर्वाचनको मिति तोकिने

काठमाडौ माघ २०,  मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्वाचनसम्बन्धी आवश्यक कानुन बनिसकेका सन्दर्भमा स्थानीय निर्वाचनको तयारी गर्न आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ ।  आगामी २०७४ माघ ७ गतेभित्र केन्द्र, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने सैवैधानीक वाध्यता अनुरुप सरकारलाइ निर्वाचनको मिति तोक्न सत्ता साझेदार दल काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाँडो निर्वाचनको मिति तोक्न दवाव दिइरहेको अवस्थाका वीच मन्त्रीपरिषदको pm-office-11012017102857-600x0बैठकमार्फत सरकारले त्यसको तयारी सुरु गरेको हो ।

त्यस्तै बैठकले स्थानीय तह पुनःसंरचना आयोगलाई सरकारले दिएको मापदण्ड र आयोगको प्रतिवेदनमाथि प्राप्त गुनासाका सम्बन्धमा अध्ययन गरी दुई साताभित्र सुझाव दिन मन्त्रिस्तरीय कार्यदल गठन गरेको जानकारी दिदै सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले कार्यदलको सयोजकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र सदस्यमा आपूर्तिमन्त्री दीपक बोहरा र उद्योगमन्त्री नवीन्द्रराज जोशी रहेको बताउँनु भएको छ । साथै उहाँले कार्यदलको प्रतिवेदनपछि मात्र निर्वाचनको मिति तोकिने सरकारका बताउँनु भएको छ ।  त्यस्तैगरि आजको बैठकले शिशिर ढुङ्गानालाई सचिव र यामकुमारी खतिवडालाई कामु सचिवमा बढुवा र चीनको ग्वान्जाओमा रिक्त महावाणिज्यदूतमा नेपाल प्रशासनिक सेवाका सहसचिव रवि भट्टराईलाई नियुक्त गर्ने तथा पुँजीगत खर्च बढाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यस्तै तनहुँको वालिङ खरेपानी क्षेत्रस्थित आठ सामुदायिक वनमा प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको छ ।