बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषदको बैठक: भागबण्डाकका आधारमा १४ देशमा राजदूत नियुक्तिका लागि सिफारिस

काठमाडौं फागुन ९, मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा राजनैतीक भागबण्डाकका आधारमा राजदूतहरुको नाम pm-office-11012017102857-600x0नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।  आज सिफारिस गरिएको राजदुतहरुमा सत्तारुढदल दल माओवादीबाट ४ जना क्रमस युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रवहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् भने

सत्तासाझेदारदल कांग्रेसबाट ६ जना क्रमस अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् । त्यस्तैगरि राप्रपाको सिफारिसमा तीन जना प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस गरिएको छ भने फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् ।

सरकारले सिफारिस गरेका राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।