शुक्रबार, बैशाख ७, २०८१

प्रेस सोसाईटीको सिन्धुलीमा शाखा विस्तार ,अध्यक्षमा श्रेष्ठ

सिन्धुली माघ २२,  डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सोसाइटीको आज विधिवतरुपमा सिन्धुली शाखा गठन भएको छ । सिन्धुली जिल्लामा रहेर विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारगृहमा कार्यरत जुझारु पत्रकारहरुको भेलाले नविन श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय Captureप्रेस सोसाइटी नेपाल, सिन्धुली शाखा गठन गरेको हो ।

भेलाले नवगठित कार्यसमितिको उपाध्यक्ष, सचिव ,सह सचिव ,र कोषाध्यक्षको जिम्मेवारी क्रमस कृष्ण अधिकारी, बिक्रम रत्न, सुमन बराल, र रञ्जना परियारलाई दिएको छ ।   नवगठित कार्यसमितिको उपाध्यक्ष, सचिव ,सह सचिव ,र कोषाध्यक्षको जिम्मेवारी क्रमस कृष्ण अधिकारी, बिक्रम रत्न, सुमन बराल, र रञ्जना परियारलाई दिएको छ । त्यसैगरी सोसाइटीको सदस्यहरुमा ओमकुमार कार्की, सुमन आइडु, अविनाश थापा, पर्वत राई, संजिव थापामगर, अनन्त राना, नारायण प्रसाद अधिकारी, देविका मगर, भानु थोकर र ध्रुबचन्द्र खड्का रहेका छन् ।

प्रेस सोसाइटीका केन्द्रीय उपाध्यक्ष बिदुर खड्काको प्रमुख आतिथ्यतामा सम्मपन्न शाखा गठन कार्यक्रमको औपचारिक सत्रलाइ सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष खड्काले आवाज विहिनको आवाज बन्दै क्रियाशिल हुनु पर्ने नेपाली सञ्चार जगत अहिले यो वा त्यो  कोणबाट  दलीय भागवन्दाको चपेटामा पर्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महामसंघको आसन्न् महाधिवेशन प्रभावित पार्ने परिपञ्चमा लाग्नु आफैमा दु:खद भएको बताउँनु भएको छ । प्रेस सोसाइटीका तीन नं प्रदेश संयोजक एवम् वरिष्ठ सञ्चारकर्मी योगेन्द्र प्रताप शाही लगायतका दिग्गज वक्ताहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा पार्टीका सिन्धुली जिल्ला संयोजक दीर्घराज श्रेष्ठ, जिल्ला उत्प्रेरक तथा केन्द्रीय सदस्य बन्दना सुवेदी, केन्द्रीय सदस्य सुरत बहादुर स्याङतानलगायतको उपस्थिती रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031