मङ्लबार, बैशाख ४, २०८१

प्रहरी महानिरीक्षक प्रमुख बनाउने निर्णयको कार्यान्वयन रोक्न सर्वोच्चको आदेश

काठमाडौ फागुन १ ,  आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरे लगत्तै अधिवक्ता कपिलदेव ढकालले सरकार प्रस्तुत निर्णय विरुद्ध दायर गरेको रीट निवेदनको सनवाइ  गर्दै सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय Suprim_cote-1कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका प्र. न्या. सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । त्यस्तैगरि सर्वोच्चद्दारा जारी आदेशमा प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पादन फाइल झिकाउन पनि आदेश गरिएको छ ।
अधिवक्ता ढकालद्दारा शुक्रवार दायर निवेदनमा प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत चन्दलाई महानिरीक्षक पदमा नियुुक्त गरेकाले सो नियुक्ति बदर गर्न माग गरिएको छ ।