बिहिबार, बैशाख ६, २०८१

प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण

काठमाडौ फागुन ६,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विगत केही दिनदेखि चुरे क्षेत्रबाट गिट्टी, ढुङ्गा र बालुवालगायतका सामग्रीको निकासी खुल्ला गर्न Press-Release_2073_11_6लागेको र उक्त विषयमा विभिन्न निकायलाई प्रधानमन्त्रीले दबाब दिनुभएको भन्ने आशयका केही सञ्चारमाध्यममा आइरहेका समाचारप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रम तथा मप कार्यालयका सहसचिव प्रवक्ता दामोदर रेग्मी आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार कार्यविभाजन नियमावली, २०७२ समेतले तोकेको जिम्मेवारी अनुरुप सम्बन्धित मन्त्रालयले नै विश्लेषण गरी राय ठहर साथ प्राप्त भएको विषयमा छलफल भइरहेको सन्दर्भमा प्रधानमन्त्रीबाट कही कसैलाई कुनै दबाब वा निर्देशन दिनुभएको भन्ने कुरा सत्य नभएकाले त्यसबाट भ्रममा नपर्नु हुन सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ ।