बुधबार, बैशाख १२, २०८१

नेपाली मञ्च युकेद्दारा फर्पुमा राहत सामग्री वितरण

मन्थली माघ १९,  हङकङ नेपाली मञ्च युके गैर आवसीय नेपाली संघ (एनआरएन) ले रामेछापको फर्पु गाउँ विकास समितिको वडा नम्बर ८ मा एक कार्यक्रम गरी १ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । मञ्चका निवर्तमान सचिव खुशी लिम्बुले सो राहत सामग्री वितरण गरेका हुन् ।  सदरमुकामबाट नजिकै WIN_20161215_182254रहेर पनि पिछडिएको मानिएको सो फर्पू गाविसमा प्रायः सुनुवार जातिको Capture 1बसोवास रहेको त्यस क्षेत्रका स्थानीयको सामूहिक कार्य, साँस्कृतिक, संस्कारिक, विवाह, ब्रतबन्ध, मर्दापर्दा र आपतकालीन समयमा सामूहिक रुपमा मात्र प्रयोग गरिने ती राहत सामग्रीहरूमा भाँडाकुँडा, त्रिपाल, कम्मल, व्लाङ्केट, पानी राख्ने ड्रम र लताकपडा रहेका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

एनआरएन बेलायतका प्रतिनिधि समेत रहेका खुशी लिम्बुले राहत सामग्री वितरण गर्दै भने, ‘७२ सालको भूकम्पमा यस गाविसले अरुभन्दा बढी क्षति व्योहोर्नु प-यो । त्यसैले यस अघि हङकङ नेपाली मञ्च यूकेले यही ठाउँमा आएर व्यक्तिगत रुपमा राहत वितरण ग-यो । यसपाली हामीले व्यक्तिगत राहत सामग्री वितरण गर्दैनौ ।’
उनले हालको अवस्था व्यक्तिगत राहत सामग्री वितरण गर्ने बेला होइन । अहिलेको समय भनेको सामूहिक रुपमा काम गर्ने बेला हो । त्यसैले पनि सामुहिक प्रयोजनको लागि भनेर राहत सामाग्री लिएर आएको प्रष्ट पार्दै लिम्बुले अगाडि भने, ‘अब व्यक्तिगत काम मात्र होइन सामूहिक काममा लाग्ने बेला भएको छ । गाउँको पुननिर्माणको काम होस् वा विकास निर्माणका काम हुन् गाउँको विकासमा पनि सामूहिक प्रयासको खाँचो छ । तब मात्र गाउँको विकासमा दीगोपन आउन सक्छ । यसका साथसाथै हामीले वितरण गरेका यी सामग्रीहरूको पनि सही प्रयोग होस् भन्ने हङकङ नेपाली मञ्च चाहन्छ ।’

कृषि र कृषकको हितमा काम गर्ने फर्पुको वडा नं ८ मा गठन भएको कृषि समूहको संरक्षकत्वमा रहने गरी ती सामूहिक सामग्रीहरू गाउँमै रहनेछन् । सामग्रीहरू संरक्षणका लागि एउटा राहत सामग्री संरक्षक समिति पनि बनिसकेको छ । उनीहरूले नै संरक्षण पनि गर्नेछन् र गाउले नै ती सामग्रीहरू प्रयोग पनि गर्नेछन् । हामीले व्यक्तिगत रुपमा त जेनतेन राहत सामग्री जोहो गरेका छौ तर, गाउँमा सामूहिक काम र मर्दापर्दा सामग्री जुटाउन निकै अप्ठ्यारो पर्दै आइरहेको थियो । तर अब उप्रान्त यस्ता सामूहिक काम गर्दा, विवाह, भोज भतेर जस्ता काम पनि गर्नै पर्छ त्यसकालागि मात्र यी सामग्री प्रयोग गर्छौ’ फर्पू गाविसका सामाजिक अभियन्ता अमृत सुनुवारले बताए । उनले विपन्न परिवारका लागि वितरण गरिएको राहत सामग्रीको सामूहिक रुपमा प्रयोग गर्ने प्रतिबद्धता पनि जनाए ।  भूकम्पले प्रायः सवै घर भत्काएको फर्पुको सुनुवार गाउँमा मञ्चले यस अघि पनि ६ लाख बरावरको तत्कालीन घर, टहरा सामूहिक आवासस्थल पनि बनाउन सहयोग गरेको थियो । जसले गर्दा हङकङ मञ्च एनआरएनको फर्पुसँग विशेष सम्बन्ध स्थापित भइसकेको देखिन्छ ।