बुधबार, बैशाख १२, २०८१

नेपालमा हिन्दू अधिराज्य पूर्नस्थापना गराई छाड्ने प्रतिबद्धता

Anup_20170217_9Anup_20170217_2Anup_20170217_7 Anup_20170217_5 Anup_20170217_3 Anup_20170217_8Anup_20170217_10 Anup_20170217_11 Anup_20170217_12 Anup_20170217_13 Anup_20170217_14 Anup_20170217_15 Anup_20170217_16काठमाडौ फागुन ६, आज बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले पूर्व महारानी कोमल राज्यलक्ष्मी शाहको ६७ औं शुभ जन्मोत्सव तथा प्रजातन्त्र दिवस भव्यताका साथ मनाएको छ । विश्व हिन्दु महासंघको केन्द्रीय कार्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमकावीच महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष जनरल भरत केसर सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व राजदुत प्रवल शमशेर जवरा, मानार्थ शाही पार्शवर्ति जनरल शान्त मल्ल , प्रभाकर शसशेर जवरा , जनरल भिक्ट्री शमशेर जवरा लगायतका विशिष्ट व्यत्तित्वहरुको आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष सिंहले नेपाललाई कुनै पनि हालतमा हिन्दू अधिराज्य कायम गराई छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो

त्यस्तै महासंघ अन्तर्राष्ट्रियद्वारा आयोजित अन्तर्राष्ट्रिय बिराट हिन्दु महासम्मेलनमा आर्थिक सहयोग गर्नु हुने सहयोगी संघ संस्थालाई प्रमाणपत्र समेत हस्तान्तरण गरिएको उक्त कार्यक्रममा महासंघका महासचिव अस्मिता भण्डारीले सबैलाई स्वागत अभिव्यक्ति सहित मुलुकमा हिन्दू अधिराज्य पुर्नस्थापनाका लागि महासघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भुमिका निर्वाह गर्दै अविराम क्रियाशील रहने र यसमा सवैले आआफ्नो तह र तप्काबाट सहयोग गर्न अपिल गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।