शनिबार, बैशाख ८, २०८१

नृत्य गुरु भैरब बहादुर थापा सम्मान साँझको आयोजना गरिने

काठमाडौं फागुन १५, नेपालको कला र संस्कृतिको संरक्षणमा क्रियाशिल संस्था नृत्य निर्देशक संघ नेपाद्दारा नृत्य गुरुबा भैरब बहादुरथापाको सम्मानमा आगामी विहिवार नृत्य गुरुबा भैरब बहादुरथापा सम्मान साँझ २०७३ गर्ने निर्णय गरेको छ ।  नृत्य गुरुबा थापाले नृत्य क्षेत्रको विकासका लागि २०१० सालमा भैरव नृत्य दलको 16934099_10154154886855124_1357890337_nस्थापनागरि नृत्य क्षेत्रलाई विकास गर्न चाल्नु भएको कदमको सम्मानमा प्रस्तुत कार्यक्रमको आयोजना गर्न लागेको हो ।

८५ औं बसन्तपार गरि सक्नु भएका” नृत्य गुरु भैरबबहादुर थापाका सवालमा आयोजक संस्थाबाट प्राप्त जानकारी अनुसार उहाँले भैरब नृत्य दलका संस्थापक रहनुको अलावा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का प्रथम नृत्य निर्देशक र , चीन, भारत मात्र नभइ युरोपमा समेत नेपालको पहिलो सांस्कृतिककार्यक्रम प्रस्तुतगर्ने पहिलो व्यक्ति भएको बताईएको छ । त्यस्तै गरि उहाँले त्रिभुवन विश्व विद्यालय बार्षिक दिवसको उपलक्ष्यमा पहिलो सांस्कृतिक कार्यक्रम गर्ने व्यक्ति समेत हुनुहुन्छ ।