बिहिबार, बैशाख १३, २०८१

निर्वाचनको लागि आवश्यक तयारी गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौ फागुन ७,  राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन अपरिहार्य रहेकोले यसका लागि तत्काल आवश्यक तयारी गर्न सरकार र आयोगलाई आग्रह गर्नु भएको छ । निर्वाचन आयोगले नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको स्मरणमा पहिलो पटक फागुन ७ Captureगतेलाई निर्वाचन दिवसको रूपमा मनाउान आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति आग्रह गर्नु भएको हो ।

यस्तै कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा संविभानको मर्म अनुरुप आवधीक निर्वाचन गर्न आवश्यक आवश्यक विधेयक पारित भइसकेको र आयोगका रिक्त आयुक्तहरुसमेत नियुक्त गरिसकिएकाले अव निर्वाचन हुन वातावरण बन्दै एको जनाउ दिनु भएको थियो । साथै उहाँले त्यस अवसरमा मुलुकमा अव चुनावको विकल्प नरहेको भन्दै यसका लागि आवश्यक सबै तयारी अघि बढाउन आयोगलाई निर्देशन समेत दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरु तथा आयोगमा २० वर्ष लामो सेवा पुर्‍याएका कर्मचारीलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले सम्मानपत्र प्रदान गर्नु भएको उक्त कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवले सरकारको निर्देशन अनुरुप निर्वाचनको लागि आयोग तयार रहेको जनाउ दिनु भएको थियो ।  कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख, कलाकार, सन्चारकर्मीलगायतको बाक्लो उपस्थिती रहेको थियो ।