मङ्लबार, चैत्र ६, २०८०

निचाझोडामा सिमसार विकासको काम थालनी

चारआली फागुन १६ , झापाको दुहागढीम��� रहेको हातेमालो सामुदायिक वन उपभोक्ता समितिले निचाझोडा सिमसार पर्यटकीय क्षेत्रको विकासका लागि काम थालनी गर्ने भएको छ । सोमबार वन परिषरमा निचाझोडा सिमसार पर्यटकीय क्षेत्र निर्माण उपसमितिको भेलाले उक्त क्षेत्रको विकासका लागि काम थालनी गर्ने index-228निर्णय गरेको छ । पोखराको फेवा तालपछिको पूर्वकै नमूना तालको रुपमा विकास गर्ने उद्देश्यले लागि परेको हो ।

३ सय ९१ दशमलव २७ हेक्टर क्षेत्रफल रहेको हातेमालो वन परिषरभित्र सिमसार क्षेत्रको परिकल्पना गरी सो क्षेत्रलाई पर्यटनको गन्तव्यको रुपमा परिचित गराउन लागिपरेको उपसमितिका संयोजक कृष्णराज सिग्देलले बताए । ताल निर्माणका लागि आगामी फागुन २१ गते त्यसमा लाग्ने मेरिन तथा औजारको व्यवस्थापन गर्ने भएको छ । ताल निर्माणका लागि उपसमितिकै संयोजक र दुई सदस्यहरु बद्री महत र चन्द्र सिग्देललाई जिम्मा दिएको छ ।  कृष्णराज सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त भेलामा वन उपभोक्ता समितिका अध्यक्ष विदूर शिवाकोटी, उपाध्यक्ष कुमार मेचे, सचिव बद्री भट्टराई, उपसमितिका सहसंयोजक पर्शुराम राजवंशी, सदस्य बद्री महत, सविना वजगाई, प्रकाश उप्रेती, ज्योतिकिरण रिजाल, मोहन खतिवडा, अनुप सेलवाललगायतले आआफ्नो धारणा राखेका थिए ।